राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थापना तत्कालीन राजा वीरेन्द्र शाहद्वारा बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपश्चात सुरु भएको नयाँ राजनीतिक परिस्थितिमा भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांगे्रस र वामपन्थी दलमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे । पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए । तर, एकीकृत पार्टी बनाउन सहमति नजुटेपछि प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको जन्म भयो । एकताको पहल हुँदै गर्दा नेताहरूबीच सहमति नजुट्दा एकै दिन (२०४७ जेठ १५) राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो । जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्ले २०४८ वैशाख २९ मा तल्लो सदन अर्थात् प्रतिनिधि सभाको आमनिर्वाचन सम्पन्न गर्यो । आमनिर्वाचनमा राप्रपा (चन्द) का तीन जना र राप्रपा (थापा) का एक जना उम्मेदवारमात्रै प्रतिनिधि सभा सदस्य निर्वाचित भए । राप्रपा (चन्द) ले २०५ निर्वाचन क्षेत्रमध्ये १५४ र राप्रपा (थापा) ले १६३ स्थानमा उम्मेदवार खडा गरेका थिए । पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा चन्द र २०५४ मा कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बने । तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध । राणा र पूर्वप्रधानमन्त्री थापाले शाही कदमको विरोध गरेका थिए भने कमल थापा पक्षमा उभिएका थिए । शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार २०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो । २०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच २०७३ मंसिर ५ मा फेरि एकता त भयो । तर, लामो समयसम्म टिक्न सकेन । एकताले पूर्वपञ्चहरूमा देखिएको उत्साह कम हुन नपाउँदै २०५३ सालमा जस्तै नेतृत्वमा सत्ताको छिनाझम्टी सुरु भयो । एकता गर्नुअगाडि नै सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने बहस चर्कियो । त्यही बहसका बीच पशुपतिसमशेर राणले २०७४ साउन २२ मा ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए । राणा नेतृत्वको दल दर्ता गर्न अदालतले भदौ २२ मा निर्देशन दिएपछि थापा असोज २७ मा उपप्रधान तथा संघीय मामिलामन्त्रीको सपथ लिन पुगे । दुवै समूह शेरबहादुर देउवा सरकारमा सहभागी भए । २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए । बहुमत नेताहरूले चुनाव चिह्न हलोको सट्टा गाई राख्ने पक्षमा लागेपछि डा. लोहनीले अर्को पार्टी बनाएका थिए । प्रतिनिधि सभा निर्वाचन २०७४ मा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले वर्गाकारभित्र हलो चुनाव चिह्न पायो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देनबाहेक कसैले पनि चुनाव जित्न सकेनन् । ‘थ्रेसहोल्ड’ पार गर्न नसकेपछि एक सिट जिते पनि संघीय संसदमा लिङ्देनले दलीय सांसदको मान्यता पाउन सकेनन् । झापा–३ बाट निर्वाचित उनी स्वतन्त्र सांसदको हैसियतमा रहे । २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो । त्यसअघि २०७४ को निर्वाचनमा पराजय भोगेपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनीको राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भई राप्रपा (संयुक्त) को गठन भएको थियो । २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भए । राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । अध्यक्षमा पराजित भएको तीन महिनापछि कमल थापाले फेरि राप्रपा नेपाललाई ब्यँताए । प्रजातन्त्र दिवसको दिन पारेर उनले २०७८ फागुन ७ मा आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरे । उनी हिन्दु राजसंस्था छाडेर हिन्दु गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे । प्रतिनिधि सभा निर्वाचन २०७९ मा थापा नेकपा एमालेको सूर्य चिह्नबाट चुनावी प्रतिष्पर्धामा उत्रिए । तर, उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । उक्त निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्यो । थापाले गत पुस ९ गते आफूले नेतृत्व गरिरहेको राप्रपा नेपाललाई लिङ्देन नेतृत्वको राप्रपामा समाहित गरेका छन् । उनीहरूबीच धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । आसन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा–३ र नेता थापा काठमाडौं–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । राप्रपाले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
| जिल्ला |
राष्ट्रिय प्रजातन्त्र पार्टी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनकुटा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाँचथर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| इलाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भोजपुर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तेह्रथुम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खोटाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सोलुखुम्बु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संखुवासभा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ताप्लेजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बारा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रामेछाप |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दोलखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काभ्रेपलाञ्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ललितपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भक्तपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मकवानपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चितवन |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धादिङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नुवाकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रसुवा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तनहुँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गोरखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लमजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| स्याङजा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कास्की |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मनाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुस्ताङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| म्याग्दी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वाग्लुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अर्घाखाँची |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्यूठान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पुर्व) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुगु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| हुम्ला | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाजुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अछाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोटी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बझाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बैतडी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दार्चुला |