नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालको एक वामपन्थी राजनीतिक दल हो। पार्टीको स्थापना २३ जनवरी १९७५ अर्थात् १० माघ २०३१ का दिन भएको हो। १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सङ्गठन नेपाल र किसान समितिको एकीकरणबाट नेमकिपा गठन गरिएको थियो। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् । नेमकिपा मार्क्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको विशेषताअनुसार लागू गर्नुपर्ने मान्यता राख्दछ। नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन तथा ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’लाई पार्टीले आफ्नो स्थापनाको सैद्धान्तिक आधार मानेको छ। पार्टीले राष्ट्रिय पुँजीलाई देशकै विकासमा लगानी गर्न प्रेरित गर्नुपर्ने र राष्ट्रिय पुँजीपतिलाई त्यसतर्फ उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। नेमकिपाको आफ्नै देशमा रासायनिक मल कारखाना स्थापना, गोर्खा भर्ती खारेजी, माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षालाई सहज बनाउने, शिक्षामा बजेट वृद्धि, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार लगायतका कुराको वकालत गर्दै आएको छ । नेपालको पुँजी देशकै विकासमा लगानी गर्नुपर्ने, नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने कानुनी व्यवस्था गर्नुपर्ने, काम नगर्ने र देश–जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने यो पार्टीले संसदीय मोर्चामा राख्दै आएका धारणाहरू हुन् । नेमकिपाले स्थापनाकालदेखि आजसम्म आफ्नो सैद्धान्तिक र राजनीतिक अडानमा कुनै हेरफेर नगरेको दाबी गर्दछ । कामदार वर्गको दैनिक समस्यालाई लिएर सङ्गठित सङ्घर्ष गर्ने मार्क्सवादी नीति र प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई पार्टीले आत्मसात गरेको छ। नेपालको कम्युनिष्ट आन्दोलन, प्रजातन्त्र तथा मानव अधिकार प्राप्तिको सङ्घर्षमा नेमकिपा प्रतिबद्ध पार्टीका रूपमा स्थापित छ। नेमकिपाले मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने अभियान, भ्रष्टाचारविरोधी सङ्घर्ष, महँगीविरोधी आन्दोलन, भर्पाइ आन्दोलनलगायत जनजीविकासँग सम्बन्धित आन्दोलनहरू सञ्चालन गर्दै आएको छ। भूमिसुधारको सवालमा पार्टी ‘जमिन जोत्नेको’ सिद्धान्तमा आधारित क्रान्तिकारी भूमिसुधारको पक्षमा छ र द्वैध स्वामित्व अन्त्यका नाममा गरिएको षड्यन्त्रको विरोध गर्दै आएको छ। नेमकिपा साम्राज्यवादी र विस्तारवादी नीतिको विरोधमा दृढ छ । नेपालको भूमि अतिक्रमणको निरन्तर विरोध गर्दै आएको छ । २०३६–३७ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५९ सालपछि सुरु भएको प्रतिगमनविरोधी सङ्घर्ष, २०६२–६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रममा नेमकिपाको सक्रिय भूमिका रहेको छ। नेमकिपा बलियो प्रतिपक्षसहितको राष्ट्रपतीय प्रणालीलाई नेपालको राजनीतिक स्थायित्वका लागि उपयुक्त ठान्दछ । जातीय, क्षेत्रीय वा धार्मिक आधारमा राज्य पुनःसंरचना गर्न नहुने र भूगोललाई आधार मानेर प्रदेश निर्माण गर्नुपर्ने पार्टीको दृष्टिकोण छ। नयाँ संविधानमा उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण, निःशुल्क शिक्षा र स्वास्थ्य, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, क्रान्तिकारी भूमिसुधार, समाजवादउन्मुख व्यवस्था समावेश हुनुपर्नेमा पार्टी जोड दिँदै आएको छ। नेपाल मजदुर किसान पार्टी आफूलाई कामदार वर्गको हितका लागि समर्पित, सिद्धान्तमा अडिग र स्वच्छ राजनीतिक परम्पराको पक्षधर पार्टीका रूपमा प्रस्तुत गर्दछ। संशोधनवाद, अवसरवाद, भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा डोर्याउने आफ्नो ऐतिहासिक जिम्मेवारीमा दृढ रहेको दाबी गर्दछ। नेमकिपा बनेदेखि नै नारायणमान बिजुक्छे (रोहित) निरन्तर अध्यक्ष छन् । तर निरन्तर चुनाव लड्दै आएको नेमकिपा लगभग भक्तपुरमा सीमित हुन पुगेको छ । २०५१ को चुनावमा नेमकिपाले ४ सिट जितेको थियो । २०६४ को पहिलो संविधानसभामा भक्तपुरबाट विजुक्छे र सुनिल प्रजापतिले जिते । तर २०७० मा भक्तपुर–१ बाट बिजुक्छेले मात्रै जिते । ०७४ मा पनि भक्तपुर–१ बाहेक अन्यत्र जित्न सकेन । यो क्षेत्रबाट प्रेम सुवालले जितेका थिए । यो चुनावमा पनि भक्तपुर–१ मा सुवाल नै उम्मेदवार छन् ।
| जिल्ला |
नेपाल मजदुर किसान पार्टी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| इलाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भोजपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खोटाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सोलुखुम्बु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बारा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रामेछाप |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दोलखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काभ्रेपलाञ्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ललितपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भक्तपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मकवानपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चितवन |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धादिङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नुवाकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रसुवा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तनहुँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गोरखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लमजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कास्की |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अछाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोटी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बझाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बैतडी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दार्चुला |