प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रेम सुवाल (Prem Suwal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाल मजदुर किसान पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रेम सुवाल
जम्मा मत

0

votes
About Candidate

पुराना राजनीतिक दलहरूले ‘गढ’ भनी बनाउँदै आएको भाष्य पछिल्ला निर्वाचनहरूमा खण्डित हुँदै आएको छ। तर, पुराना दलमै गणना हुने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का लागि भने यो भाष्य अझै पनि बलियो छ।

भक्तपुर–१ नेमकिपाका लागि सबैभन्दा सुरक्षित क्षेत्र हो। यस क्षेत्रमा अन्य दललाई फराकिलो मतान्तरले पछि पार्दै नेमकिपाले लगातार जित हासिल गर्दै आएको छ। राष्ट्रिय राजनीतिमा नेमकिपाको उपस्थिति खुम्चिँदै गए पनि भक्तपुर–१ मा भने नयाँ वा पुराना कुनै पनि दल बलियो प्रतिस्पर्धीका रूपमा उभिन सकेका छैनन्।

नेमकिपाबाट भक्तपुर–१ मा विरासत जोगाइराख्ने मुख्य पात्र हुन्– प्रेम सुवाल। संसद्मा दर्ता हुने हरेक विधेयकमा संशोधन राख्ने सांसदको पहिचान बनाएका सुवाल २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विधायिकामा प्रवेश गरेका हुन्। त्यसबेलादेखि नै उनले संसद्मा एक प्रखर सांसदको परिचय बनाएका छन्।

२०१७ सालमा जन्मिएका सुवाल २०५४ सालको स्थानीय निकाय निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसअघि २०३९ र २०४४ सालमा उनी भक्तपुर–९ को वडाध्यक्ष बनेका थिए।