|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीले उम्मेदवारी दिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–५, पौवैगौंडेमा जन्मिएका उनी नेपाल पर्यटन बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
५० वर्षीय रेग्मीले जापानको होक्काइदो विश्वविद्यालयबाट पर्यावरण पृथ्वी विज्ञानमा विद्यावारिधी गरेका छन् । रेग्मीले अमेरिका र जापानमा पोस्ट–डाक्टोरल अनुसन्धान तथा व्यावसायिक प्रशिक्षण लिएका छन् । हिमताल, ग्लेसियर, जलवायु परिवर्तन र वातावरणीय जोखिम उनका अध्ययनका मुख्य क्षेत्र हुन् ।
मन्त्री तथा अन्य सरकारी अधिकारीहरूसँग नजिकबाट काम गर्दा उनले ‘भाषण धेरै–काम थोरै, प्रतिबद्धता धेरै–जवाफदेहिता कम’ भएको अनुभव गरे । स्वार्थ, ढिलासुस्ती र भ्रष्टाचारले राम्रो सोच र योजना कसरी थिचिन्छ भन्ने यथार्थ बुझ्ने मौका पाए ।