नेपालमा १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रूपमा उदाएको ऐतिहासिक शक्ति हो । विभिन्न संघर्ष, प्रतिबन्ध, टुटफुट र एकताका आरोह–अवरोह पार गर्दै यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको रुपमा छ । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि संघर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको छ । सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्य हो । जनयुद्ध, १२ बुँदे समझदारी र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूका आधारमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु यो पार्टीले आफ्नो प्रमुख कार्यभार ठानेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका डेढ दर्जन भन्दा बढी वाम दल–समूहहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । २०८० कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरिएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै यो पार्टीमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा समाहित भएका थिए । यो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार मान्दछ । मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार मान्ने यो पार्टीले आफूलाई २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी दाबी गर्दछ । नेपाली कम्युनिस्ट पार्टीको दाबीअनुसार यो पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको दिशामा अघि बढिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा छ । यसअघि संयोजक प्रचण्ड माओवादी केन्द्र र सहसंयोजक नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यस्तै तेस्रो वरीयतामा रहेका नेता खनाल एकीकृत समाजवादीका सम्मानीत नेताको हैसियतमा थिए । उनीहरूले प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थिए । कांग्रेससँगको चुनावी गठबन्धनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ र एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको थियो । माओवादी केन्द्र २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनदेखि चुनावमा भाग लिंदै आएको छ । २०५२ देखि १० वर्षसम्म माओवादी मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रबाट प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिसकेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपाल र तेस्रो वरीयताका नेता खनालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू दुवै जना नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्वमा पुगेका थिए । २०७४ को चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । गठबन्धन गरेर पार्टी एकीकरण गरेर एमाले र माओवादीले नेकपा नामक दल गठन गरेका थिए । तर, आन्तरिक किचलोमा फसेको नेकपाको विवाद सर्वोच्च अदालतमा पुग्यो । अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्यो । २०७८ भदौ २ मा नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि एमाले विभाजित भयो । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको छ । उसले एक क्षेत्र (बागलुङ) मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।
| जिल्ला |
नेपाली कम्युनिष्ट पार्टी
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| झापा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मोरङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुनसरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनकुटा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाँचथर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| इलाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भोजपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तेह्रथुम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खोटाङ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सोलुखुम्बु | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| संखुवासभा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ताप्लेजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सप्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिरहा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धनुषा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| महोत्तरी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सर्लाही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रौतहट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बारा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्सा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रामेछाप |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दोलखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सिन्धुपाल्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काभ्रेपलाञ्चोक |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ललितपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भक्तपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मकवानपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| चितवन |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| धादिङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नुवाकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रसुवा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| तनहुँ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गोरखा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| लमजुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| स्याङजा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कास्की |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मनाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुस्ताङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| म्याग्दी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वाग्लुङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अर्घाखाँची |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| प्यूठान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| मुगु |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| हुम्ला |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बाजुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अछाम |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कैलाली |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| कञ्चनपुर |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डोटी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बझाङ |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बैतडी |
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| दार्चुला |