प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

वुद्ध लामा (Buddha Lama)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
वुद्ध लामा
जम्मा मत

0

votes
About Candidate

संसदीय निर्वाचनमा उनी पहिलो पटक उम्मेदवार बनेका हुन् । ५८ वर्षीय लामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकअध्ययन पूरा गरेका उनी लामो समयदेखि कांग्रेस संगठन भित्र सक्रिय रहँदै आएका नेता हुन् ।

संगठन निर्माण, आन्तरिक व्यवस्थापन र कार्यकर्ता परिचालनमा केन्द्रित रहँदै उनले जिल्लामा कांग्रेसको संरचना जोगाइराख्ने जिम्मेवारीसम्हाल्दै आएका छन् ।

उनले बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन् । जसले उनलाई प्रदेशस्तरीय राजनीतिक समन्वय र निर्णय प्रक्रियाको अनुभव दिलाएको छ ।