प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

गोविन्द भट्टराई (Govinda Bhattarai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गोविन्द भट्टराई
जम्मा मत

0

votes
About Candidate

२०२० सालमा तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा जन्मिएका गोविन्द भट्टराई फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य भट्टराई उम्मेदवार बनेको क्षेत्र हालका राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा जित्दै आएको क्षेत्रका रूपमा चिनिन्छ । पौडेल राष्ट्रपति बनेपछि भट्टराई २०८० सालको उपनिर्वाचनमा उम्मेदवार बनेपनि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पराजित गराए । अहिले पनि भट्टराईका मुख्य प्रतिस्पर्धी उनै वाग्ले हुने देखिएको छ । यस पटक भट्टराईलाई मतदाताले रोजे उनको संसद् पस्ने बाटो खुल्नेछ ।