प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

ओम बहादुर घर्ती (Om Bahadur Gharti)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
ओम बहादुर घर्ती
जम्मा मत

0

votes
About Candidate

नवलपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रीय सभापति हुन । हुप्सेकोट गाउँपालिका-१, बेलुवामा २०३२ सालमा जन्मिएका घर्ती विद्यार्थी उमेरबाट नै राजनीतिमा सक्रिय छन् ।

स्नातक उत्तीर्ण गरेका घर्तीको २०४६ सालमा सरस्वती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ इकाइ अध्यक्षबाट राजनीतिको यात्रा सुरु भएको हो । २०५३ सालमा जिल्लाको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको इकाइ सभापति भए । २०५५ सालमा नेविसंघ जिल्ला सदस्य भएका थिए । २०६४ सालमा नेपाल राष्ट्रिय मगर संघको महासचिव बनेर केन्द्रीय राजनीति सुरु गरे ।