|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
बलबहादुर कुंवर अछामको स्थानीय राजनीतिमा लामो समयदेखि चिनिएको नाम हो । २०१८ साल जेठ १५ गते जन्मिएका कुँवर अछामको ढकारी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।
कैलाली बहुमुखी क्याम्पसबाट कक्षा १२ उत्तीर्ण गरेका उनी राजनीतिक यात्राको अधिकांश समय नेपाली कांग्रेसमा सक्रिय रहेर बिताएका पुराना नेता मानिन्छन् ।
तर समयक्रमसँगै उनको राजनीतिक धार फेरिएको छ । अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम–२ मा उम्मेदवार बनेका छन्।
राजनीतिमा प्रवेश गर्नुअघि कुँवर अछाममा साझा सहकारीसँग जोडिएर काम गरे । नुन, चिनी, मलजस्ता अत्यावश्यक सामग्री सर्वसाधारणसम्म पुर्याउने साझा सहकारीको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जीवन, अभाव र जनताको दैनिक समस्यालाई नजिकबाट बुझ्ने अवसर पाए। यही सामाजिक संलग्नताले उनलाई औपचारिक राजनीतितर्फ डोर्यायो ।