प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

महावीर पुन (Mahavir Pun)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
स्वतन्त्र
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
महावीर पुन
जम्मा मत

0

votes
About Candidate

चुनावी सरकारको शिक्षामन्त्री बनेका महावीर पुन फागुन २१ को प्रतिननिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी गर्ने अघिल्लो दिन पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न म्याग्दी पुगे । चुनावी सरकारका केही मन्त्रीहरु रास्वपाबाट चुनाव लड्दै गर्दा पुनले भने स्वतन्त्र उम्मेदवारी दर्ता गरे । त्यसो त चुनावी सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनलाई शिक्षासम्बन्धी कानुन बनाउने चाहाना भएपनि सोही अनुसार काम गर्न ऐन कानुन अवरोध भएको भन्दै गुनासो समेत गरेका थिए । 

२०११ सालमा म्याग्दीमा जन्मिएका पुनले १३ वर्ष शिक्षण पेसा अँगाले पनि उनी पढाउन छाडेर अमेरिका पढ्न गए । युनिभर्सिटी अफ नेब्रास्का कर्नीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीहरूमा ताररहित इन्टरनेट सञ्जाल विस्तार गरेर चर्चा कमाएका थिए । विज्ञान र प्रविधि क्षेत्रमा योगदान पुर्‍याएबापत पुनले सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । आविष्कार केन्द्र स्थापना गरेर विभिन्न काम गरेका पुनले पछिल्लो समय आफूले लेखेको पुस्तक बेचेर वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा नै गरेका थिए ।  एमाले र कांग्रेसको गढ मानिने म्याग्दीमा यो पटक स्वतन्त्र उम्मेदवार बनेका पुनलाई रास्वपाले समर्थन गरेको छ ।