प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

हेम लाल शर्मा (Hem Lal Sharma)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हेम लाल शर्मा
जम्मा मत

0

votes
About Candidate

माओवादी युद्धका ‘ज्युँदा सहिद’को रूपमा चर्चित अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल (हेमलाल) शर्माले काठमाडौँ–६ बाट उम्मेदवारी दिएका छन् । उनी २०६७ मंसिरमा भएको १८औँ सम्मेलनबाट अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका थिए ।

५६ वर्षका शर्मा किशोर अवस्थादेखि नै वामपन्थी आन्दोलनमा सक्रिय थिए । २०६५ सालमा शर्मा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनी २०४३ सालमा पहिलो पटक जेल परेका थिए । २०४८ देखि २०६३ सालमा पटक–पटक गरी उनले करिब १० वर्ष जेल जीवन बिताएका थिए ।

माओवादी युद्धकालमा उनलाई भैरवनाथगण शिवपुरी  ब्यारेकमा आँखामा पट्टी बाँधेर र हातखुट्टा बाँधिएको अवस्थामा २७ महिनासम्म जेलमा राखिएको थियो । साबिक माओवादी निकट अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज रहेका शर्माले २०७० सालमा काठमाडौँ–६ का उम्मेदवार थिए ।