प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

हरि राज अधिकारी (Hari Raj Adhikari)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हरि राज अधिकारी
जम्मा मत

0

votes
About Candidate

गोरखाको गण्डकी गाउँपालिका-५ दर्बुङस्थित अलैंचेमा जन्मेका अधिकारीको बाल्यकाल गाउँमै बित्यो । भवगती माविमा कक्षा ७ को अध्ययनपश्चात् उनी विजय भवानी मावि मकैसिङ गए । कम्युनिस्ट शिक्षा प्रचार गरेको भन्दै उनलाई विद्यालयबाटै निकालियो ।

‘त्यतिबेला म कक्षा ९ मा पढ्थें,’ अधिकारीले भने, ‘कम्युनिस्ट शिक्षा प्रचार गर्‍यो, अवैध गतिविधि गर्यो भनेर मलाई स्कुलबाट निकालियो, अनि घ्याच्चोक गएर एसएलसी दिएँ ।’

अध्ययनलाई निरन्तरता दिन उनी गोरखा क्याम्पसमा आईएड भर्ना भए । ब्याक पेपर भएका कारण नेपालगञ्ज गए र महेन्द्र बहुमुखी क्याम्पसमा पुनः आईएडमा भर्ना गरे । त्यसपछि गोरखा क्याम्पस आएर बीएडमा भर्ना भए, त्यहींबाट स्नातक उत्तीर्ण गरे ।