प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

सुधन गुरुङ (Sudhan Gurung)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुधन गुरुङ
जम्मा मत

0

votes
About Candidate

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि राजनीतिमा प्रवेश गरेका सुधन गुरुङ गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । एनजीओ आइएनजीओको पृष्ठभूमि बनाएका गुरुङको पुर्ख्यौली ठेगाना गोरखा चुमनुव्री गाउँपालिका–३ सिर्दिवास हो । गुरुङको जन्म भने २०४४ सालमा काठमाडौँमा भएको हो । मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि विपद् सम्बन्धी तालिम लिएका उनले २०७२ सालको गोरखा भूकम्पपश्चात् ‘हामी नेपाल’ नामक संस्था खोलेर राहत तथा उद्धारमा खटिएका थिए । गुरुङ आफूलाई राजनीतिक नेता कार्यकर्ता भन्दा पनि सामाजिक अभियन्ता भन्न रुचाउँछन् ।