प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

शेरधन राई (Sherdhan Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शेरधन राई
विजयी
जम्मा मत

0

votes
About Candidate

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत भैसकेका शेरधन राई २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, का स्थायी बासिन्दा हुन् । पिता जागीरमान राई र माता राम्रीमाया राईको पहिलो सन्तानका रूपमा जन्मिएका राईले समाजशास्त्रमा एमएसम्मको शिक्षा हासिल गरेका राईले २०४४ सालमा राजनीतिक यात्रा सुरु गरेका हुन् । राजनीतिक यात्राका क्रममा राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए । 

२०५६ सालमा २५ वर्षको उमेरमा पहिलोपटक संसदीय चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई २०७४ को निर्वाचनपछि कोशी प्रदेशको मुख्यमन्त्री मुख्यमन्त्री बने । २०४४ सालदेखि अनेरास्ववियू मार्फत क्रियाशील भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बन्दै उनी २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बने । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका राई संविधानसभामा संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने । हाल एमालेको ११ औँ महाधिवेशनमार्फत उनी एमालेको सचिव रहेका छन् ।