प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

पृथ्‍वी सुव्वा गुरुङ (Prithivi Subba Gurung)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
पृथ्‍वी सुव्वा गुरुङ
जम्मा मत

0

votes
About Candidate

लमजुङ क्व्होलासोथार गाउँपालिकामा ६८ वर्षअघि जन्मेका पृथ्वी सुब्बा गुरुङ नेकपा एमालेको उपाध्यक्ष छन् । गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका गुरुङ मुख्यमन्त्री हुँदा संघीयता कार्यान्वयनको विषयमा चट्टानी अडान राख्ने नेताहरूमध्येमा पर्छन् । 

प्रदेशलाई अधिकार सम्पन्न बनाउने र संघीय संरचना व्यवहारमा लागु गर्नुपर्छ भन्ने गुरुङ २०७९ को निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारमा संचारमन्त्री बनेका थिए । २०४३ सालमा लमजुङ क्षेत्र–२ बाट जनपक्षीय उम्मेदवार बनेका गुरुङले २०४८, २०५१ र २०५६ मा लगातार हार वेहोरेपनि २०६४ मा संविधानसभा सदस्य बने । २०७० मा फेरि हारेका उनी २०७४ मा प्रदेश सांसद जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री बने ।२०६४ सालमै पर्यटनमन्त्री भइसकेका गुरुङ यो पटक पुन प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् ।