प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

सागर भुसाल (Sagar Bhusal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सागर भुसाल
जम्मा मत

0

votes
About Candidate

विदेशमा श्रमपसिना बगाएर कमाएको पूँजी लगानी गरेर नेपालमै व्यवसाय गरिरहेका सागर भुसाललाई लागेकै थिएन, यत्ति छिट्टै चुनावी मैदानमा होमिनुपर्ला । भूकम्प र नाकाबन्दीको मारमा इजरायलबाट नेपाल फर्किएका भुसाललाई जेनजी आन्दोलनपछिको परिस्थितिले चुनावी मैदानमा ल्याएर होमिदिएको छ ।

पुराना राजनीतिक शक्तिले नागरिकका आकांक्षा पूरा गर्न नसकेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा जोडिएका भुसाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । त्यो पनि देशकै ठूला राजनीतिक शक्ति भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका बलिया भनिएका उम्मेदवारलाई टक्कर दिनु भुसालका निम्ति चानचुने कुरा होइन ।

१० वर्ष इजरायलमा श्रम गरेर फर्किएका भुसालले पोखरामा होटल व्यवसाय र उद्योग चलाइरहेका छन् । रास्वपामा आबद्ध भएर राजनीतिमा पाइला चाल्दै गरेका भुसाल पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पक्षमा उभिए । जेनजी आन्दोलनले कांग्रेस र एमालेलाई सत्ताच्यूत गरेपछि बनेको नागरिक सरकारले फागुन २१ गते चुनाव घोषणा गर्‍यो ।

माओवादी शान्ति प्रक्रियामा आएर संविधान निर्माणका लागि रस्साकस्सी चलिरहँदा भुसाल भने जीवनस्तर उकासिने र उद्यमको अवसर नपाएको गुनासो गर्दै विदेश जानेहरूको लाममा उभिएका थिए ।