|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
नेपाली कांग्रेसले पाल्पा–२ मा नेपाल विद्यार्थी संघ (नेविसं) मा लामो समय राजनीति गरेका हिमालदत्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी २०३६ सालमा पाल्पाको जिल्ला सदरमुकाम तानसेन, नारायणस्थानमा जन्मिएका हुन् ।
२०५१ मा सेन माध्यमिक विद्यालय, तानसेनमा नेविसंको इकाई सभापति बनेका श्रेष्ठले २०५४ सालमा त्यहींबाट एसएलसी उत्तीर्ण गरे । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका उनले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाए । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा नेविसंको इकाई सभापति हुँदै स्ववियु सभापति निर्वाचित भए ।