|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
२१ फागनुकाे प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ–२, बाट उम्मेदवार बनेका दीलिपकुमार अग्रवाल पूर्व मेयर हुन् । रंगेली नगरपालिकामा दुई कार्यकाल मेयर निर्वाचित उनलाई यसपटक नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
आफूलाई यो क्षेत्रका ‘बालेन’ भनेर चिनाइरहेका अग्रवालले मेयर भएर गरेका कामलाई चुनाव जित्ने थप आधार बनेका छन् । मेयरको भूमिका बाहेक पनि उनको परिचय यो क्षेत्रमा स्थापित छ ।
५९ वर्षीय अग्रवाल मोरङका पुराना इटा व्यवसायी हुन् । यद्यपि राजनीतिक पृष्ठ्भूमि भने अस्थिर छ । छोटो समयमै कांग्रेस, एमाले र माओवादी भइसकेका छन् । २०७४ सालमा मेयर जित्दा गर्दा उनी नेकपा माओवादी केन्द्रमा थिए ।
माओवादीकै चिह्नबाट मेयर जितेपछि उनी एमाले प्रवेश गरे । एमाले भएरै २०७९ सालको चुनावमा मेयर दोहोरिएर जिते । उनलाई एमालेमा ल्याउन अध्यक्ष केपी शर्मा ओलीकै रुचि देखिएको थियो ।