|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
विघटित प्रतिनिधिसभाका सांसद हुन्, दीपक गिरी । दाङको सुकदेवामा जन्मिएका ६३ वर्षीय उनी प्रजातान्त्रिक आन्दोलनमा परिचित नाम हो । सानै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परे । १३ वर्षकै उमेरमा गिरफ्तार भएर १३ दिन हिरासतमा बसे । त्यसपछि २०३१ सालमा २९ दिन र २०३७ मा ५७ दिन थुनिए ।
संसदीय निर्वाचनमा उनको तीन दशकभन्दा लामो अनुभव छ । भलै उनले धेरैजसो निर्वाचनमा हार बेहोरेका छन् । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ–३ मा उनलाई नेकपा (एमाले)का शंकर पोखरेलले पराजित गरेका थिए ।