|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
बझाङको राजनीतिमा यसपटक एउटा नयाँ अनुहार चर्चामा छ—शैलेशकुमार सिंह । करिब एक दशक बैंकिङ क्षेत्रमा बिताएका र त्यसपछि शिक्षा तथा उत्पादनमूलक व्यवसायमा स्थापित भएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन् ।
२०७९ सालको निर्वाचनमा रास्वपाले बझाङमा उल्लेखनीय उपस्थिति देखाउन सकेको थिएन । पार्टीका उम्मेदवारले जम्मा ५ सय २८ मत पाएका थिए । तर, यसपटक पार्टीले जिल्लाका ९ वटै पालिकामा संगठन विस्तार गरेको र ३ हजार ६ सय ६० सक्रिय सदस्य रहेको दाबी गर्दै नयाँ अनुहार ३८ वर्षीय शैलेश सिंहलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।