|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
सर्लाही–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका महिन्द्र राय यादव पुराना वामपन्थी नेता हुन् । उनी २०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय नेतामध्ये एक हुन् । २०११ साल वैशाख २ गते सर्लाहीको हरिपूर्वामा जन्मिएका यादवले २०४४ सालदेखि राजनीति सुरु गरेका थिए । २०५१ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचित भएका उनी २०६२/६३ को आन्दोलनसँगै तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरे । ०६४ को संविधानसभा चुनावमा यादव सर्लाही– ५ मा सद्भावना पार्टीका खोभारी रायसँग पराजित भए । यादवले २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन भने तमलोपाको तर्फबाट सर्लाही– ५ बाटै जिते । विद्यालय शिक्षासम्म अध्ययन गरेका उनी २०७४ मा चुनावको मुखैमा राष्ट्रिय जनता पार्टी छोडे । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको टिकटमा सर्लाही–२ बाट विजयी भए ।
निर्वाचनपछि डा. बाबुराम भट्टराईसँग मिलेर नेपाल समाजवादी पार्टी गठन गरे । २०७९ को निर्वाचनमा यादवले प्रतिनिधिसभा सार्लाही–२ मा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर विजयी भए । उनी कात्तिक १९ गते नेकपा प्रवेश गरेका थिए ।
२०५२ सालमा देउवा नेतृत्वको सरकारमा उनी कृषिसहायक मन्त्री बने । सोही वर्ष मन्त्रिमण्डल पुनर्गठनमा उनी भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री र राज्यमन्त्री बने । २०५३ सालमा लोकेन्द्र बहादुर चन्दको सरकारमा उनी निर्माण तथा यातायात राज्यमन्त्री बने । २०५४ सालमा सूर्यबहादुर थापाको सरकारमा विनाविभागीय मन्त्री बने । पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारमा यादव कृषि तथा पशुपन्छिमन्त्री बने ।