|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का लागि हरिप्रसाद उप्रेती नयाँ नाम होइन । २०७० र २०७९ को प्रातिनिधिसभा सदस्य निर्वाचनमा जित निकालेका उप्रेती आगामी २१ फागुनमा हुने निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा एमाले पार्टीका तर्फबाट उम्मेदवार बनेका उप्रेतीसँग पुराना कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठ र अघिल्लो पटक उनीसँगै दोस्रो भएका र हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार प्रतिस्पर्धा गर्दैछन् ।
२०२४ साल वैशाखमा सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभित्तामा जन्मेका उप्रेतीको औपचारिक शैक्षिक योग्यता स्नातक हो ।
उप्रेती सोही क्षेत्रबाट २०७० सालमा संविधानसभा सदस्य र २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।