|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट-२ मा महम्मद अतिउल्लाहलाई मैदानमा उतारेको छ । ५४ वर्षीय अतिउल्लाह रौतहट राजपुर नगरपालिका हजमिनियाका स्थानीयवासी हुन् । उनले वन विज्ञान अध्ययन संस्थान हेटौंडाबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।
अतिउल्लाह एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको सचिवसमेत हुन् । सरकारी सेवामा रहेर काम गरेका उनी स्थानीय स्तरमा समाजसेवीका रूपमा समेत परिचित छन् ।
रौतहट-२ लामो समयदेखि काङ्ग्रेसले निर्वाचन जित्दै आएको क्षेत्र हो । तर २०७९ को निर्वाचनमा भने यहाँ स्वतन्त्र उम्मेदवार किरणकुमार साहले जितेका थिए । पछि साह एमाले फर्किएका थिए । उनले यस पटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।
गत निर्वाचनमा एमालेले रौटहट-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र साहलाई उम्मेदवारी दिएपछि किरणले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शैलेन्द्र साहले गत निर्वाचनमा कमजोर प्रदर्शन गरेका थिए । सोही कारण यहाँ एमालेको उपस्थिति कमजोर बनेको थियो । यसपटक भने परिस्थिति फेरिएको छ ।
एमाले बुद्धिजीवी समाजसेवीका रूपमा परिचित अतिउल्लाहलाई मैदानमा उतार्दै आफ्नो बलियो उपस्थिति जनाउने प्रयास गरेको छ । जसले गर्दा रौतहट-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।