प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

रविन्‍द्र पटेल (Ravindra Patel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रविन्‍द्र पटेल
जम्मा मत

0

votes
About Candidate

तत्कालीन नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदा धीरज भनिने रवीन्द्र पटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नं ३ को उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट माओवादीबाट उम्मेदवार बनेका पटेल यसपटक पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्ने इच्छामा थिए। तर नेकपाले पुनम यादवलाई उम्मेदवार बनाएपछि उनको बाटो रास्वपातिर मोडिएको हो।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रले रौतहट–३ मा प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर माओवादीबाट उम्मेदवार बनेका रवीन्द्र पटेल ‘धीरज’ ले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि पार्टीले उनलाई कारबाही गरेको थियो । साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने अडानसहित उनले चुनावी प्रचारप्रसारलाई निरन्तरता दिएका थिए र ८ हजार ५५८ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए ।त्यसपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका हुन् । रास्वपाले सुरुमा नवीन चौरसियालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । रवीन्द्र पटेल पार्टीमा आएपछि अन्तिम घडीमा टिकट उनको हातमा परेको हो। यही कारण यसपटक उनलाई आफ्नै पार्टीका समर्थकहरूको पूर्ण विश्वास जित्नु पनि चुनौतीपूर्ण देखिन्छ।

परिवर्तनमूलक राजनीति, भ्रष्टाचारविरुद्ध आक्रामक अभिव्यक्ति र युवा तथा मध्यम वर्गलाई लक्षित स्पष्ट भाषण शैलीका कारण पटेललाई फरक धारका नेताका रूपमा हेरिन्छ। तर क्षेत्रका स्थापित र बलिया प्रतिस्पर्धीबीच उनी कति प्रभाव जमाउन सक्छन् भन्ने प्रश्न खुलै छ।