|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित महेश बस्नेत भक्तपुर–२ का लागि २०८२ फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार बनेका छन् । भक्तपुर–२ मा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापासँग अघिल्लो पटक पराजित बस्नेतका लागि यस पटक प्रतिस्पर्धीहरू नयाँ छन्। ५१ वर्षीय बस्नेतले संसदीय निर्वाचनमा यसअघि तीन पटक प्रतिस्पर्धा गरे पनि २०७४ सालको निर्वाचनबाहेक अन्यमा जित हासिल गर्न सकेका छैनन् ।
२०३१ साल माघमा भक्तपुरमा जन्मिएका बस्नेत २०४९ सालमा एमालेको साधारण सदस्य भएका थिए । विपक्षीप्रति खरो टिप्पणी गर्ने स्वभावका बस्नेत यसअघि एमालेको लडाकु दस्ता युथफोर्स बनाएर त्यसको नेतृत्वगरेसँगै राजनीतिक चर्चामा आएका थिए । एक पटक उद्योगमन्त्री भैसकेको बस्नेत भक्तपुर सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा हुन्। कानुनमा स्नातकसम्म अध्ययन गरेका बस्नेत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गुण्डु गाविसको अध्यक्षमा निर्वाचित हुँदा सबैभन्दा कान्छो जनप्रतिनिधि भनेर परिचय बनाएका थिए ।