|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपा (एमाले)का नेता ज्ञवाली गत ११औँ महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्यमध्येमा पर्छन् । एमालेभित्र बौद्धिक नेताका रूपमा परिचित छन् ज्ञवाली २०१९ सालमा बलेटक्सारमा जन्मिएका हुन् ।
२०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका ज्ञवालीले २०३४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भएका उनी १५ वर्षको उमेरदेखि भूमिगत राजनीतिमा संलग्न हुँदै २०३४ सालमा नेकपा (माले)को गुल्मी–पाल्पा जिल्ला कमिटीको सदस्य, २०४६ मा गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सचिव र त्यसको पाँच वर्षपछि लुम्बिनी अञ्चल कमिटी सदस्यको जिम्मेवारी पाएका थिए ।
२०६३ सालमा पर्यटन र २०७४ मा परराष्ट्र मन्त्री बनेका ज्ञवालीका उपन्यास, कथा सङ्ग्रह, कविता सङ्ग्रह, निबन्ध, समालोचना प्रकाशित छन् । २०५६, २०६४, २०७०, २०७४ र २०७९ का आम निर्वाचनहरूमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएपनि २०५६, २०६४ र २०७४ को चुनाव मात्र जितेका थिए ।