|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङ–२ मा सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाएको छ । २०४६ सालमा तुलसीपुरको टरिगाउँमा जन्मिएका आचार्य बायोटेक इन्जिनियर हुन् ।
२०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले २०६६ सालमा भारतबाट बायोटेक इन्जिनियरिङको अध्ययन पूरा गरे । २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । केही समय ग्यालेक्सी फोरके टिभीमा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेको अनुभव छ ।
२०७९ को चुनावमा बाचापत्र तयार पार्ने, विधानको ‘प्राइमरी फ्रेमवर्क’ बनाउने, मोबाइल एप निर्माणमा सक्रिय भूमिका खेले । रास्वपाका संस्थापक उनी सहमहामन्त्रीको जिम्मेवारीमा छन् ।