|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
१२ पुस २०३४ मा चौरजहारी नगरपालिका–५ रुकुमपश्चिममा जन्मिएका गोपाल शर्मा ‘अनल’ कलिलै उमेरमा राजनीतिमा लागेका व्यक्ति हुन् । विद्यार्थी राजनीतिबाट अगाडि बढेका उनी २०४६ सालमा चौरजहारीस्थित शीतल माध्यामिक विद्यालयको सह–इकाई कमिटीको सह–सचिव बनेका थिए । त्यसको दुई वर्षपछि, २०४८ मा सोही विद्यालयको अनेरास्ववियुको इकाइ अध्यक्ष बने । गोपाल २०५१ सालमा अनेरास्ववियुको रुकुम जिल्ला कमिटी सदस्य भए ।