प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

दामोदर भण्डारी (Damodar Bhandari)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दामोदर भण्डारी
जम्मा मत

0

votes
About Candidate

०४६ सालको जनआन्दोलनपछि राजनीतिमा सक्रिय दामोदर भण्डारी बैतडीको पाटन नगरपालिका–६ का बासिन्दा हुन् । २०३० कात्तिक २० गते जन्मिएका उनले नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरू गरेका हुन् ।

भण्डारी २०४८ सालमा बैतडीको जिल्ला कमिटी अध्यक्ष बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् २०५० मा उनी एमाले बैतडी जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।

२०५४ सालमा जिल्ला कमिटी उपसचिव बनेका नेता भण्डारी २०५६ देखि २०६४ सम्म पार्टी प्रमुख सचिव हुँदै एमाले बैतडीको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहे ।

२०७५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।