प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

भगवती चौधरी (Bhagwati Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
भगवती चौधरी
जम्मा मत

0

votes
About Candidate

भगवती चौधरी नेपाली राजनीतिमा नयाँ नाम होइन । उनी संघर्षबाट खारिएकी, संगठनबाट हुर्किएकी र संसद्‌सम्म आफ्नो उपस्थिति मजबुत बनाएकी नेतृ हुन् ।

सुनसरीको साविक औरावनी गाविस (हाल गढी गाउँपालिका) मा २०२८ साल वैशाख २ गते जन्मिएकी चौधरीको राजनीतिक चेतना निकै कम उमेरमै पलाएको हो ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहँदा जननेता स्वर्गीय मदन भण्डारीको राजनीतिक जीवन र जनताको बहुदलीय जनवादबाट प्रभावित हुँदै २०४८ सालदेखि नै उनी कम्युनिस्ट राजनीतितर्फ आकर्षित भइन्।

तीन दशकभन्दा लामो राजनीतिक यात्रामा उनले संगठन, नीति निर्माण र कार्यकारी भूमिकाको अनुभव सँगालेकी छन्। ३० वर्षको उमेरमा, २०५८ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेपछि पार्टीका विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै आइन् ।

सुनसरी क्षेत्र ३ का अन्य उम्मेदवारहरू