प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

विश्‍वराज पोखरेल (Vishwaraj Pokharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विश्‍वराज पोखरेल
जम्मा मत

0

votes
About Candidate

नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल यतिबेला ओखलढुंगाका मतदाता रिझाउन गाउँगाउँ पुगिरहेका छन्। गत १२ मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे लगत्तैबाट उनी चुनावी अभियानमा जुटेका हुन्।

उनले ओखलढुंगा पुगेर मत माग्न थाल्दा अन्य दलका उम्मेदवार टुंगिएकै थिएनन्। यसरी तुलनात्मक बढी चुनावी अभियान चलाउने अवसर सिर्जना गरेका उनी चुनाव जित्ने आधार तयार पारिसकेको बताउँछन्।

तर उनले सोचे जस्तो चुनाव जित्न सजिलो भने देखिंदैन। लामो राजनीतिक पृष्ठभूमि भएका दलहरूसँग अझै पनि तल्लो तहसम्म फैलिएको संगठन र कार्यकर्ताको पंक्ति छ। तर यसपटक जनताले परिवर्तन रोज्ने विश्वास रास्वपाका अरू उम्मेदवार जस्तै पोखरेलले पनि लिएका छन्।

यसरी पोखरेललाई राजनीतिको मैदानमा उतार्ने पृष्ठभूमि भने जेनजी आन्दोलनले मात्र नभएर सरकारको निर्णयका कारण पनि तयार भएको थियो। खासमा उनी नेपाल प्रहरीको आईजी बन्ने स्वाभाविक दौडमा थिए।