|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
२ जेठ २०२६ सालमा उदयपुरको रौतामाई गाउँपालिका–६ मा जन्मिएका अम्बरबहादुर रायमाझी वडा नम्बर-७ का स्थायी बासिन्दा हुन् । उनलाई नेकपा एमालेले उदयपुरको क्षेत्र नम्बर-२ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा जितेका रायमाझी फेरि जित दोहोर्याउने प्रयासमा छन् । १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत ल्याएर तेस्रो भएका थिए । उनै राई यसपटक नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा छन् ।