|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
२ चैत २०२६ मा खोटाङको दुर्छिम–५ मा जन्मिएका हुन् रामकुमार राई । उनको परिवार २०३३ सालमा खोटाङबाट कटारी–५ झरेको थियो । राईले २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । उनी पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भए ।
उनै राईलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयुरको क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।
२०५४ सालको निर्वाचनमा उनी कांग्रेसबाट कटारी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गाविस अध्यक्ष निर्वाचित भएदेखि नै नागरिकका पक्षमा काम गरेकोले आफूलाई जनताले मत दिने उनको दाबी छ । उनका अनुसार विशेष महाधिवेशन पश्चात यस क्षेत्रमा कांग्रेस एकढिक्का छ ।
यस पटक पार्टीको साथ, जेनजीको भावनाको कदर लगायतका कारण जनताले आफूलाई मत हाल्ने राई बताउँछन् ।