प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

उपेन्द्र यादव (Upendra Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
जनता समाजवादी पार्टी, नेपाल
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
उपेन्द्र यादव
जम्मा मत

0

votes
About Candidate

२०७९ सालको निर्वाचनमा सप्तरी–२ मा फराकिलो मतान्तरले पराजित भएका जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले संसद् छिर्नका लागि उपनिर्वाचनलाई माध्यम बनाएका थिए। २०८० बैशाखमा भएको उपनिर्वाचनमा बारा–२ बाट चुनावी गठबन्धन गरी उनी निर्वाचित भएका थिए।

यसपटक यादवले अघिल्लोपटक प्रतिस्पर्धा गरेका दुवै क्षेत्र (सप्तरी–२ र बारा–२) छाडेर सप्तरी–३ रोजेका छन्।

सप्तरी–३ मा २०७९ सालको निर्वाचनमा जसपाले उम्मेदवार उठाएको थिएन। तत्कालीन समयमा एमालेलाई छाडिएको यस क्षेत्रमा यसपटक यादव आफैँ उम्मेदवार बनेका छन्।

सुनसरीमा जन्मिएर मोरङलाई स्थायी बसोबास बनाएका यादव मधेस आन्दोलनले जन्माएका नेता हुन्। राज्य पुनर्संरचना र संघीयताको एजेन्डा अन्तरिम संविधानमा नसमेटिएपछि उनले संविधान जलाएर आन्दोलनको शंखघोष गरेका थिए।

सप्तरी क्षेत्र ३ का अन्य उम्मेदवारहरू