प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

कल्पना शर्मा (Kalpana Sharma)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
कल्पना शर्मा
जम्मा मत

0

votes
About Candidate

काठमाडौं क्षेत्र नम्बर ५ की उम्मेदवार कल्पना शर्मा नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि हुन्। राजनीतिमै हुर्किएकी शर्माले आफूलाई कम्युनिस्ट नेता तथा सामाजिक अभियन्ताका रूपमा परिचित गराएकी छन्।

२०४९ असार ४ गते बागलुङ जिल्लाको अमलाचौर (हाल बागलुङ नगरपालिका–१२) मा जन्मिएकी शर्माका पिता दीनानाथ शर्मा र माता चन्द्रकला शर्मा हुन् । उनले कानुन विषयमा स्नातकोत्तर (एलएलएम) तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) अध्ययन पूरा गरेकी छन्।

पेसाले अधिवक्ता शर्माले विद्यार्थी जीवनदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। हाल उनी नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा रसुवा जिल्लाको पार्टी इन्चार्जको जिम्मेवारीमा रहेकी छन्। 

कानुनी क्षेत्रमा विशेष गरी विपन्न, असहाय तथा पिछडिएका वर्गका व्यक्तिहरूलाई निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको दाबी उनको छ। सामाजिक न्याय, भ्रष्टाचारमुक्त सुशासन र समावेशी विकासलाई उनले आफ्नो मुख्य प्राथमिकताका रूपमा अघि सारेकी छन् ।

राजनीतिक आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि यसको संरक्षणसम्म आफूले भूमिका खेलेको बताएकी छन्। जनताको विश्वास, पारदर्शिता र जवाफदेहिताबाट मात्र राम्रो शासन सम्भव हुने उनको धारणा छ।