प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

अजय क्रान्‍ती शाक्‍य (Ajay Kranti Shakya)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
अजय क्रान्‍ती शाक्‍य
जम्मा मत

0

votes
About Candidate

काठमाडौं जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (एमाले) का उम्मेदवार अजय क्रान्ति शाक्य शैक्षिक, बौद्धिक र राजनीतिक अनुभवलाई सँगसँगै बोकेका नेता हुन् ।

५७ वर्षीय शाक्यको जन्म काठमाडौंमै भएको हो र उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–न्हायकः वहिलमा रहेको छ।

शैक्षिक पृष्ठभूमिका हिसाबले अजयक्रान्ति शाक्यले विद्यावारिधिसम्मको अध्ययन पूरा गरेका छन्। उनले बौद्ध दर्शन, संस्कृति र शाक्य समुदायसम्बन्धी विषयमा गहिरो अनुसन्धान गरेका छन्।

काठमाडौं उपत्यकाका शाक्य समुदायको इतिहास, परम्परा र बौद्ध धर्मसँगको सम्बन्धबारे उनले लेखेको पुस्तक उनको बौद्धिक पहिचानको महत्वपूर्ण आधार मानिन्छ। उनी बौद्ध विकास तथा अनुसन्धान केन्द्रसँग पनि आवद्ध रहँदै आएका छन्, जसले शाक्यलाई धार्मिक–सांस्कृतिक क्षेत्रमा समेत सक्रिय बनाएको छ।

राजनीतिक रूपमा शाक्य लामो समयदेखि नेकपा (एमाले) मा सक्रिय छन्। उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन्। २०७४ सालको निर्वाचनमा उनी काठमाडौं-९ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका छन्, जसका कारण उनलाई विधायिका र प्रदेश सरकार सञ्चालनको प्रत्यक्ष अनुभव रहेको छ ।