प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

इरन कुमार राई (Iran Kumar Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
इरन कुमार राई
जम्मा मत

0

votes
About Candidate

मोरङको बेलबारी नगरपालिका-१ का राई पेसाले शिक्षक हुन् । उनले निजी स्कुल पनि सञ्चालन गरेका छन् । साहित्य क्षेत्रमा भने उनी इरान राईको नामले परिचित छन् ।

२०३५ सालदेखि बेलबारीमा बसोबास गर्दै आएका राईले सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए । भानु मेमोरियल इङ्लिस स्कुलमा २०४५ सालदेखि २०५२ सालसम्म सहायक शिक्षक, भाइस प्रिन्सिपल र प्रिन्सिपल भएर काम गरेका उनले २०५२ सालमा सगरमाथा इङ्लिस स्कुल सञ्चालन गरेका थिए ।
२०४७ साल असारमा नेकपा एमाले प्रवेश गरेका उनी २०४७ देखि एमालेको संगठित सदस्य छन् । गाउँ कमिटीदेखि काम गर्दै आएर उनी २०५६ देखि २०६९ सम्म बेलबारी गाउँ कमिटीको सचिव भए ।

नेकपा एमालेको आठौँ अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका राई हाल जिल्ला कमिटी सचिवालय सदस्य छन् ।

साहित्य क्षेत्रमा सक्रिय उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । उनको सक्रियता सामाजिक क्षेत्रमा पनि छ । उनले १७ वटासम्म संस्थाको नेतृत्व गरेका थिए ।

राईले वेतना सिमसार संरक्षण समितिको नेतृत्व पनि गरेका थिए । आफूलाई भुइँ मान्छे बताउने उनी निर्वाचित भए जनताको सुझावअनुसार काम गर्ने बताउँछन् ।

अघिल्लो पटक केन्द्रीय नेता भानुभक्त ढकाल उम्मेदवार रहेको मोरङ-३ मा यस पटक एमालेले शैक्षिक क्षेत्रमा काम गरिरहेका राईलाई उम्मेदवार बनाएको हो ।

मोरङ क्षेत्र ३ का अन्य उम्मेदवारहरू