|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
डा. देउमान सम्बाहाङफे मोरङ क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् । उनी पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँमा २०२४ सालमा जन्मिएका हुन् । सम्बाहाङफे तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कम्युनिस्ट आन्दोलनमा होमिएका थिए ।
बौद्धिक नेताका रूपमा परिचित उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट नेपालको संविधानसभाका विषयमा पीएचडी गरेका छन् ।
२३ वर्षभन्दा बढी समय अधिवक्ताका रूपमा काम गरेका सम्बाहाङफे पथरीशनिश्चरे–१ स्थित सुनाखरी माध्यमिक विद्यालयका संस्थापक शिक्षकसमेत हुन् ।
२०३६ को जनमत संग्रहसँगै उनले अखिलबाट विद्यार्थी राजनीति सुरु गरेका उनी लेखकसमेत हुन् ।
नेकपा उम्मेदवार सम्बाहाङफे शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क बनाउन कानुनी पहल गर्ने बताउँदै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
उनले भूमिहीन, सुकुम्बासी र दोहोरो स्वामित्वका समस्याको दीर्घकालीन समाधानसम्म गर्ने पेट्रोलियम उत्खनन, नदी नियन्त्रण लगायत विषयलाई आफ्ना चुनावी मुद्दा बनाएका छन् ।