|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
२०१३ फागुन ११ मा जन्मिएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरका स्थायी बासिन्दा हुन् । २०२८ सालबाट राजनीति सुरू गरेका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष भइसकेका कार्कीसँग लामो समयसम्म पार्टीको केन्द्रीय कार्यसमिति रहेर सक्रिय राजनीति गरेको अनुभव छ । एक पटक समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका कार्की २०७४ र २०७९ मा सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
उनले अर्थमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएर जिम्मेवारी बहन गरिसकेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवाका विश्वास पात्र भनेर चिनिने कार्की कांग्रेसको विशेष महाधिवेशनपछि निवर्तमान केन्द्रीय सदस्य हुन् ।
विशेष महाधिवेशनपछि चयन भएको कांग्रेसको नयाँ नेतृत्वले उनलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा फेरि सुनसरी–४ मा उम्मेदवार बनाएको छ ।
यहाँ नेकपा एमालेबाट जगदिशप्रसाद कुसियैत र नेपाली कम्युनिस्ट पार्टीबाट महमद महफुज अन्सरी उम्मेदवार छन् ।