|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
देवविक्रमले राजनीतिसँगै व्यावसायिक खेती पनि गरिरहेका छन् । उनले गाउँमा करिब १०० रोपनी जग्गामा लिची खेती गरेका छन् ।
बुवा शुभशेर राई एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका नेता थिए । देवबिक्रम राईले राजनीतिक सुझबुझ भएका बुवाबाट बाल्यकालदेखि नै राजनीति बुझ्ने र सिक्ने अवसर पाए ।
बुवाकै प्रेरणाले राजनीतिमा रस बसाएका देवबिक्रम खोटाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनका लागि संसदीय निर्वाचन पहिलो अनुभव हो ।
राई कविता पनि लेख्छन् । उनका कविता र लघुकथाको संयुक्त संग्रह ‘आस्थाका झण्डाहरू’ २०४८ सालमा प्रकाशित भएको थियो । राईसँग ‘संकल्प’ लगायतका साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव पनि छ ।
सामाजिक क्षेत्रमा पनि क्रियाशील राई किरात राई चाम्लिङ खाम्बातिमको संस्थापक सहसचिव हुन् । उनी २०५८ सालमा खोटाङ सेवा समाज काठमाडौंको महासचिवसमेत बनेका थिए ।