प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

वीर काजी राई (Bir Kazi Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
वीर काजी राई
जम्मा मत

0

votes
About Candidate

२०३१ वैशाख १५ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा जन्मिएका राई सरल र शालिन व्यक्तिका रूपमा चिनिन्छन् । सबैप्रति समान व्यवहार गर्ने उनको स्वभावबाट सबै परिचित छन् ।

यही स्वभावका कारण उनको उम्मेदवारीलाई खोटाङका समग्र कांग्रेसजनले स्वीकार गरेका छन् ।

खोटाङ कांग्रेस भित्र एउटा रोग छ, त्यो हो घात अन्तर्घात । एकले टिकट पाउँदा अर्को हराउन लाग्ने यहाँको परम्परा जस्तै हो । तर वीरकाजीको हकमा सबै नेताहरू एक ठाउँमा उभिएका छन् ।

वीरकाजीले बीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । २०४७ सालमा नेविसंघको सदस्य बनेर
राजनीतिमा जोडिएका उनी २०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका थिए ।

फेदीकै कुहुडाँडा माविमा पढ्दै गर्दा नेविसंघको सदस्यता लिएर औपचारिक रूपमा राजनीति थालेका वीरकाजीले २०४८ देखि २०५२ सम्म कांग्रेसको गाउँ कार्यसमिति फेदीको सचिव बनेर काम गरे ।

२०५३ सालमा नेविसंघको जिल्ला सदस्य बने । २०५९ सालमा कांग्रेसको क्षेत्रीय सभापति, २०६२ मा सहसचिव र २०६७ मा सचिव भए ।

२०७२ सालमा जिल्ला सभापतिमा पराजित भएका उनी २०७९ मा महाधिवेशन प्रतिनिधि बने । तर उनी त्यही वर्ष कांग्रेस कोशी प्रदेशको सहमहामन्त्रीमा पनि पराजित भएका थिए ।