प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

कासिम नदाफ (Qasim Nadaf)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
कासिम नदाफ
जम्मा मत

0

votes
About Candidate

नेकपा एमालेले स्थानीयस्तरमा भिजेका नेता कासिम नदाफलाई महोत्तरी-२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । २०२४ साल माघ ३ गते महोत्तरीमा जन्मिएका कासिम महोत्तरी, बलवा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

मधेशको भुइँतहको राजनीतिबाट उदाएका उनले आफ्नो क्षेत्रका अल्पसंख्यक र मुस्लिम समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएका छन् ।

कासिमको संसदीय यात्राको प्रयास २०७४ सालको आम निर्वाचनबाट सुरु भयो । त्यतिबेला उनी महोत्तरी क्षेत्र नम्बर २ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।

त्यतिबेला नेकपा (माओवादी केन्द्र) मा आबद्ध रहेका उनी पछि नेकपा विभाजनका बेला एमालेमै रहने निर्णय गरे । अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्य र नेपाल मुस्लिम इत्तेहाद संगठनको वरिष्ठ उपाध्यक्षको रूपमा सक्रिय छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ मा एमाले र जसपाबीच चुनावी तालमेल भएका कारण उनले प्रत्यक्षतर्फको उम्मेदवारी पाएनन्, किनकि त्यो क्षेत्र जसपाको भागमा परेको थियो ।