प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

दीपककुमार साह (Deepak Kumar Sah)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दीपककुमार साह
जम्मा मत

0

votes
About Candidate

२०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३३ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो । आफ्नो जन्मस्थान र जिल्लाको समस्यालाई नजिकबाट बुझेका साह स्थानीय माटोसँग भिजेका उम्मेदवार मानिन्छन् ।

राजनीतिमा परिवर्तन र सुशासनको एजेन्डा लिएर मैदानमा उत्रिएका साहको पृष्ठभूमि व्यावसायिक र प्राज्ञिक रूपमा निकै सबल देखिन्छ ।

उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् ।

राजनीतिमा पूर्णकालीन हुनुअघि साहले स्वास्थ्य र विकासको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुभव सँगालेका छन् । उनले विश्व स्वास्थ्य संगठन र एफएचआई ३६० जस्ता ख्यातिप्राप्त संस्थाहरूमा काम गरिसकेका छन् ।