प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

देव प्रसाद तिमलसेना (Dev Prasad Timilsena)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
देव प्रसाद तिमलसेना
जम्मा मत

0

votes
About Candidate

२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा उनले सानदार जित निकालेका थिए । कूल ३४ हजार १६१ भोट प्राप्त गरी विजयी भएका उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत पाएका थिए ।

यद्दपि, अघिल्लो निर्वाचनमा कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत समर्थन गरेका थिए । २०७४ मा भने उनले एक्लै चुनाव लडेर वाम उम्मेदवारलाई हराएका थिए । सोही कारण यो क्षेत्रमा उनी तुलनात्मक रूपमा बलिया उम्मेदवार मानिन्छन् ।

रौतहट-४ मा गत निर्वाचनमा उनले रेकर्ड नै बनाएका थिए । २०४८ सालयता यस क्षेत्रमा कुनै पनि उम्मेदवारले दोहोर्‍याएर चुनाव जितेका थिएनन् । २०७४ र २०७९ मा विजयी हुँदै उनले कीर्तिमान बनाएका हुन् ।

१५ असोज २०२७ मा रौतहट चन्द्रपुर नगरपालिका चेतनगरमा जन्मिएका तिमिल्सिनाको प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

तिमिल्सिना विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । नेपाल विद्यार्थी संघबाट कांग्रेस गाउँ सचिव, क्षेत्रीय सभापति हुँदै उनी पटक पटक महाधिवेशन प्रतिनिधि बनेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए । कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनका दौरान उनले गगन थापालाई समर्थन गरे । र, कांग्रेसको खुला केन्द्रीय सदस्यमा निर्वाचित भए ।

रौतहट क्षेत्र ४ का अन्य उम्मेदवारहरू