|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
११ माघ २०३९ मा जन्मिएका गणेश पौडेल प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
स्नातकोत्तर शैक्षिक योग्यता भएका पौडेल रौतहट चन्द्रपुर नगरपालिका दुर्गा चोकका स्थानीयवासी हुन् । सहकारी क्षेत्रमा सक्रिय पौडेल शिक्षण पेसामा समेत आवद्ध भएर स्थानीय स्तरमा काम गरेका व्यक्ति हुन् । उनी संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लागि नयाँ इतिहास रच्ने मौका छ । हेभिवेट र चर्चित उम्मेदवार उठेको क्षेत्रमा अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाले उल्लेख्य छाप छाड्न सकेको थिएन ।