|
|
आम जनता पार्टी(एकल चुनाव चिन्ह) |
|
|
प्रतिनिधिसभा |
|
|
आम जनता पार्टीको तर्फबाट पत्रकार ऋषि धमला यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । रौतहट क्षेत्र नं ४ मा उम्मेदवार बनेका उनको चुनाव चिह्न मोबाइल तोकिएको छ ।
पहिलो पटक निर्वाचन लड्दै गर्दा उनले आफ्नो राजनीतिक क्षेत्र मधेश प्रदेशलाई रोजेका हुन् । ७ कात्तिक २०३२ सालमा धादिङमा जन्मिएका धमला टेलिभिजन पत्रकारितामा आक्रामक र कहिलेकाहिँ विवादित प्रश्न शैलीका कारण चर्चित नाम हुन्। प्रभु साह नेतृत्वको मधेशकेन्द्रित दल आम जनता पार्टीबाट चुनाव लड्दै गर्दा धमलाको प्रतिस्पर्धा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी शाह, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललगायतसँग हुने छ ।